कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको फिल्ड रेखाङ्कनको लागि देहाय बमोजिमको कागजात संलग्न गरि जग्गा नापजाँच तथा नक्सा श्रेष्ता अध्यावधिक सम्बन्धि निर्देशिका, २०८१ को अनुसूचनी - २० को निवेदन कार्यालयमा निवेदन पेश गर्न सकिनेछ ।

  • जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपी,
  • नेपाली नागरीकताको प्रमाण-पत्रको प्रतिलिपी,
  • चालु आ.व. को तिरो तिरेको रसिदको प्रतिलिपी,
  • रेखाङ्कन माग गरिएको कित्ता देखिने नक्सा प्रिन्ट,